२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी



file photo
अ+ अ-

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ । भोलि जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी वन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

सरकारले टिकापुर हत्याकाण्डमा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफ गर्ने तयारी गरेको छ । यसअघि राष्ट्रपति कार्यालयले चौधरीको सजाय माफसम्बन्धि पत्र गृह मन्त्रालयमा फिर्ता गरिदिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

कैदी बन्दीको सजाय माफबारे शनिबारको बैठकमै निर्णय हुने बताईएको थियो । तर निर्णय हुन सकेको थिएन । आजको बैठकमा
सोमबार सार्वजनिक हुने बजेटका प्राथमिकता र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा पनि छलफल हुने बताईएको छ ।