३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्धमा बोराभित्र शव फेला



अ+ अ-

काठमाडौँ । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ । 

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले  बताएको जानकारी दिनुभयो । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ ।