२६ श्रावण २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलहरीमा सुन कि पित्तल ?



अ+ अ-

काठमाडौँ । पशुपतिनाथको जलहरीमा सुन कि पित्तल भन्ने विवादले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । दुई शब्दलाई प्रमुख पतिपक्षी दल नेकपा (एमाले)ले गम्भीर आरोपका रुपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन् । यस विवादलाई लिएर शनिबार विहान प्रधानमन्त्रीसहित शीर्ष नेताबीच हुने छलफलबाट मात्र टुंगो लाग्ने भएको छ । छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन ।

जेठ १० गते नीति तथा कार्यक्रम छलफलमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरीमा सुनको सट्टा पित्तल प्रयोग गरी अनियमितता गरेको आरोप लगाएको दुई दिनपछिको बैठकमा एमालेले विरोध गर्दै रोष्ट्रम नै घेराउ गरेको थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।