एजेन्सी । बंगलादेशमा जारी लकडाउन समयावधि फेरि थप गरिएको छ ।
देशव्यापी लकडाउनलाई फेरि १० दिन थप गरिएको हो । लकडाउन अझै कडा बनाउदै लगिने पनि बताइएको छ । महामारी अपेक्षित रुपमा नियन्त्रण हुन नसकेकाले लकडाउन अझ कडा बनाउनुपरेको सरकारी अधिकारीहरुको भनाई छ ।
यसअघि लागू गरिएको लकडाउन सोमबार सकिएपछि मंगलबारदेखि पुनः निरन्तरता दिइएको हो ।
बंगलादेशमा कोरोना भाइरस महामारी फैलिएपछि लामो समयदेखि लकडाउन जारी रहेको छ । यसअघि पनि लकडाउन समयावधि पटकपटक थप गरिएको थियो ।
अहिले थप गरिएको लक डाउन आगामी जुन १६ मध्यरातसम्म कायम रहने सरकारी अधिकारीहरुले जनाएका छन् ।