२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढाकाकुमारको प्रष्टीकरण- सांसद बन्न पार्टीलाई पैसा बुझाएको छैन



अ+ अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्नका लागि पार्टीलाई कुनै पनि रकम नबुझाएको स्पष्ट पारेका छन् । बिहीबार राति एक विज्ञप्ति जारी गर्र्दै श्रेष्ठले विभिन्न मिडियामा आएको जस्तो आफूले पार्टीलाई पैसा नबुझाएको दाबी गरेका छन् ।
‘केही अनलाइन मिडियाहरुले समानुपातिक सांसद बन्नका तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियासँग नबोलेकाले र समाचार सम्प्रेषणका लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहिन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरुको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले जारी विज्ञप्तिमा भनेका छन् ।
उनले स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरुले यस्तो भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयम कानूनी प्रक्रियामा जान बाध्य हुने बताएका छन् ।
ढाका कुमारले व्यववसायी दुर्गा प्रसाईसँग आफू मन्त्री बन्न लागेको र त्यसका लागि सहयोग आवश्यक रहेको भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । उक्त अडियो सार्र्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।
श्रेष्ठले आफू निर्दोष रहेको भन्दै कानूनी उपचार खोज्ने बताउँदै आएका छन् ।