काठमाडौं। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले थप्पड खाएका छन् ।
देशको दक्षिण(पूर्वी क्षेत्रको औपचारिक भ्रमण कार्यक्रममा एक व्यक्तिले सार्वजनिक स्थानमा एक व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सार्वजनिक स्थानमा थप्पड हानेको भिडियोमा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको देखिन्छ ।
सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।