२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी



अ+ अ-

बारा। बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

गाउँपालिकाले हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेको थियो । गाउँपालिकाको निर्णयपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्।

गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव र उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष तोडफोडसँगै कागजपत्रमा बाहिर ल्याएर आगो लगाउन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्यास प्रहार गरेको बताइएको छ। विद्यार्थीसहित आक्रोशित समूहले तोडफोड, आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन्। सोमबार गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसिरहेका बेला बाहिर विद्यार्थी र प्रदर्शनकारीले नाराबाजी र तोडफोड गरेका हुन्।