२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, जसपा र जनमतका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसबाट दाङ क्षेत्र नम्बर २(१)का राजु खनाल, जसपाबाट अहिर बाँके क्षेत्र नम्बर २ (१)का भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देही ५ (२)का चन्द्रकेश गुप्ता नियुक्त हुने बताईएको छ ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीबाट धनबहादुर मास्की अर्थमन्त्री, लोसपाबाट सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

यसअघि, मुख्यमन्त्री चौधरीले गत १५ वैशाखमा शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।