२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० लाख ७६ हजार रकमसहित दुई जना पक्राउ



अ+ अ-

रौतहट । नेपाल-भारत सीमाबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको परोहा नगरपालीका ९ मा सीमावर्ती नाकामा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आइरहेका दुईजना भारतीय नागरिक ३० लाख ७६ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । 

रामपुर चौकीका असई धुलसीन जिम्बाको कमाण्डमा  खटिएको टोलीले बिआर ०५ आर ४५२१ नम्बर प्लेटको ग्ल्याम्बर मोटरसाइकलमा आउँदै गरेका भारत बिहारको मोतिहारी जिल्ला घोडासहन निवासी अन्दाजी  २२ वर्षका बन्टुकुमार कलवार र सोही मोटरसाइकलको पछाडि बसेका २० वर्षीय सुरज कलवारलाई रोकी चेकजाँच गर्दा निजहरूले बोकेको नाइलुनको झोलामा अवैध रकम बरामद भयो ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ ।