२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपन्न परिवारको साहारा बन्दै हाम्रो दृष्टि राम्रो दृष्टि, ३ सय बढी परिवारलाई सहयोग



अ+ अ-

चितवन । हाम्रो दृष्टि राम्रो दृष्टि सामाजिक संस्थाले राहत वितरण अभियान सञ्चालन गरेको छ । संस्थाले राहत वितरण अभियानलाई विभिन्न चरणमा वितरण गरिरहेको हो । 

संस्थाले पहिलो चरणमा भरतपुरका वडा नं ६, १४, १५ र १६, दोस्रो चरणमा देवघाट,ठिमुरा,रामनगर र तेस्रो चरणमा माडिको वडा नं ५ र ६ मा आवश्यक राहात सामाग्री वितरण गर्दै आएको छ । 

यस्तै चौथो चरणमा भरतपुर वडा नं ९, पाचौं चरणमा कालिका नगरपालिकाको वडा ३, ५, ६, ७ र छैटौं चरणमा पनि कालिका नगरपालिकाको वडा नं १ आवश्यक सामाग्री वितरण गर्दै आएको संस्थाका केन्द्रीय सचिव  रोहन बगालेले बताउनु भयो।

जेठ १४ गते देखि सुरु भएको सो अभियानबाट हालसम्म ३ सय भन्दा बढी अति बिपन्न परिवारले सहयोग पाएका छन् । वि.स २०७४ सालबाट संचालनमा आएको यस संस्थाले बिपन्न परिवारलाई दाल, चामल, तेल, नुन, सोयाबिन र हात धुने साबुन वितरण गर्दै आएको सह-सचिव रबिन देवकोटाले जानकारी दिनुभएको छ।।

संस्था हरेक पल दिन दुखीलाई सहयोग गर्न तत्पर रहेको संस्थाका केन्द्रीय कार्यक्रम व्यवस्थापक सुरज रेग्मीले बताउँनु भयो।