१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हिन्दूका देवता किन जनावर पनि ?

हिन्दूका देवता किन जनावर पनि ?
अ अ+ अ-
पुराणहरूले गणेशको शिर हात्तीको, मत्स्य भगवानकाे स्वरूप माछाको, हनुमानकाे शरीर बाँदरको, जाम्बवानकाे स्वरूप भालुको, नृसिंहको माथिल्लो भाग सिंह र तल्लो भाग मानिसको स्वरूपमा चित्रण गरेका छन् ।
मन्दिरका टुँडालमा नग्न, कामुक एवं पशुपंक्षीका चित्र देखिन्छन् । देवीदेवताको इतिहास, मन्दिरभित्रको रहस्य र मूर्तिभित्रको विज्ञान नबुझ्दा यो दृश्यले धर्ममाथि अनास्था, देवीदेवतामाथि अविश्वास बढाउँछ । समयसँगै विवेक, कार्यशैली, क्षमता आदिमा फरक आउँछन् । ऋषिमुनिहरूलाई कलियुगमा मानिसहरू भौतिक सुख–सुविधामा हराउने, पुर्खा र संस्कृतिबाट विमुख हुने थाहा थियो ।
इतिहास र परम्परा नहराओस्, धर्मको मर्म नमरोस्, पुर्खाद्वारा बालिएको दीयो ननिभोस्भनी देवीदेवताहरूको सम्पूर्ण जानकारी उनीहरूकै स्वरूपबाट बुझ्ने गरी अनेक सङ्केतलाई समेटेर मूर्ति निर्माण गरियो । धार्मिक मर्म, इतिहासको महŒव र ब्रéाण्डको रहस्य बुझ्न देवीदेवताको स्वरूप, शास्त्रको भनाईमाथि अनुसन्धान गर्न आवश्यक छ ।
गणेशको शिर हात्तीको छ । हात्तीका कान ठूला, आँखा साना छन्, त्यसको अर्थ हो बोल्नभन्दा सुन्नमा कल्याण छ । साना आँखाको अर्थ हो– हरेक विषयलाई सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान, मननसहित बुझ । सुँढको अर्थ हो– ज्ञान ग्रहण गर्दा वा कसैलाई स्वीकार गर्दा विचार गर । हात्ती विवेकी प्राणी हुनाले प्राचीन समयमा राजा चयन गर्ने जिम्मा दिइन्थ्यो । हनूमान् शब्द ‘ ‘हनू’ र ‘‘मान्’बाट बनेको छ जसको अर्थ क्रमशः लामो, ओठ हुन्छ । वायु र अञ्जनीका पुत्र हनूमान्मा अथाहा शारीरिक र मानसिक शक्ति थियो, उनी महादेवका स्वरूप थिए । ऋषिमुनिहरूलाई माथि पुग्ने गरी फालिदिएकाले आफ्नो तागत भुल्ने तर कसैले सम्झाइदिए ज्ञात हुने श्राप पाएका थिए ।
सीताको खोजी गर्ने क्रममा जाम्बवान्ले हनूमान्लाई उनीभित्र रहेको शक्तिको प्रशंसा गरेपछि समुद्र पार गरी लङ्का पुगे । हनूमान्ले चाहेको भए रावणलाई मार्न सक्थे भन्ने प्रमाण रामायणबाट प्रष्ट हुन्छ । उनी नौ व्याकरणका  ज्ञाता एवं शास्त्रज्ञ थिए । सूर्यलाई निल्न सक्ने क्षमता भएका हनूमान् बाँदर होइनन्, विद्वान् हुन् । ओठ र हात लामो, जिभ्रो पातलो भएको मानिस विद्वान् हुन्छ भन्ने जनविश्वास छ । त्यसैले उनको ओठ लामो देखाइएको हो । ‘नृ’ र ‘सिंह’ शब्द मिलेर नृसिंह बन्दछ जसको अर्थ क्रमशः मानिस र सिंह हुन्छ । सिंह निर्भय, शान्त र कामलाई जित्ने जनावर हो, मानिस विवेकशील प्राणी हो । जसमा यी गुण छन्, त्यही दुर्गाजस्तो शक्तिशाली, गतिशिल एवं मानिसजस्तै विवेकशिल हुन्छ । यी गुण जुन भगवान्मा छ, त्यसलाई नृसिंह भनिन्छ ।
जाम्बवान्लाई भालुको रूपमा चित्रण गरिएको छ । उनी भालु थिएनन्, सेनानायक र विद्वान् थिए । नारद र सरस्वतीको हातमा वीणा, कृष्णको हातमा मुरली, महादेवको हातमा डमरु, विष्णुको हातमा शङ्ख देखाउनुको अर्थ उनीहरू तत्तत् वाद्ययन्त्रका ज्ञाता भएको जानकारी दिन्छ । महादेवको बाहान साँढे (नन्दी)मानिन्छ । डामेर छाडा छोडेका साँढेमा महादेव चढेका होइनन् । वेदका ज्ञातालाई सवारीमन्त्री बनाएका हुन् ।
क्षमाश्रृङ्कः शमश्रोत्रो वेदध्वनिविभूषितः ।
आस्तिक्यचक्षुर्निश्वासगुरुबुद्धिमना वृषः ।। 
–शिवपुराण (विद्येश्वरसंहिता १७।८६)
अर्थात्, ‘ “धर्मरूपी साँढेका क्षमारूपी सिङ्क छन्, मानसिक स्थिरता एवं शान्तिरूपी कान छन्, वेदध्वनिले सिङ्कारिएको छ, आस्तिक बुद्धिरूपी आँखा छन्, वेदाक्षर निश्वास छ, मन र बुद्धि पेट छन् ।” नन्दीको बुबा शिलाद् ऋषि हुन् । उनले महादेवको साधना गरी वरदानस्वरूप शिलाद् प्राप्त गरे । यसबाट शिलाद् परमानन्दित भएका कारण पुत्रको नामै नन्दी भयो ।  ऋषिपुत्र नन्दी अवश्य चार खुट्टे पशु होइनन् । शिवलिड्डको दर्शन गर्नुभन्दा पहिले नन्दीलाई दर्शन गर्नुपर्छ । नन्दी पशु भए पूजा र दर्शन कसरी हुने थियो र ?
बाहान भनेको सम्बन्धित देवीदेवताका सवारीमन्त्री वा स्वकीयसचिव हुन् । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका स्वकीयसचिव त जनावर हुँदैन भने भगवान्को कसरी सम्भव होला ? लक्ष्मीको बाहान लाटोकोसेरो हो । गतल तरिकाले कमाएको पैसाले सृजनशीलता र विवेक नाश हुन्छ भन्न खोजेको हो । लाटोकोसेरोले दिनमा देख्दैन रातमा मात्र देख्दछ अर्थात् धनको मात लाग्यो भने बाटो भुल्छ । गीताले  पनि ध्यानी, महात्माहरू राति जाग्छन् भनेको छ । भैरवको बाहान कुकुर हो । कुकुर स्वामीको परमभक्त हुन्छ, पछि हुने घटनाको पूर्वसूचना दिन्छ, अन्य प्राणीको तुलनामा कम निद्रा हुन्छ । सफलता प्राप्त गर्न निद्रा, आलस्य, प्रमाद आदिलाई जित्नै पर्छ ।
यी विशेषता ती ऋषिहरूमा थियो भन्ने तथ्यलाई बुझाउन देवीदेवताको बाहान पशुपंक्षीलाई बनाएको हो । यिनीहरू ऋषि थिएनन् भने देवीदेवतालाई बोकेर भनेकै ठाउँमा, इच्छाएकै गतिमा, तोकिएकै समयमा पु¥याइदिने, उपदेश दिने काम कसरी सम्भव हुन्थ्यो र ? सतीदेवीले आफ्ना पति महादेवलाई दक्ष प्रजापतिले अपमान गरेको सहन नसकी यज्ञकुण्डमा फालहाली देह त्यागिन् । दक्षसँग बदला लिन हिँडेका वीरभद्रका पार्शद यस्ता थिए–
तथैव प्रबलाः सिंहा बहवः पाश्र्वरक्षकाः ।
शार्दूला मकरा मत्स्या गजास्तत्र सहस्रशः ।।
–शिवपुराण (रुद्रसंहिता ३३।८)
अर्थात्, “बलिया बलिया हजारौँ सिंह, बाघ, ग्राह, माछा र हात्तीहरू त्यस रथका पाश्र्वरक्षक थिए ।” नजिक (साथ)मा बस्नेलाई पाश्र्व भनिन्छ । भगवान् विष्णुलगायतका देवतासँग युद्ध गर्न निस्केका वीरभद्रले जनावरलाई पाश्र्ववती बनाएर किन जान्थे ? माछा त जमिनमा हिँड्न त के बाँच्नै सक्दैन । यहाँ चर्चा गरिएका माछा पानीमा बस्ने प्राणी होइन योद्धा थिए । रावण, कुम्भकर्ण, मेघनाद आदिसँग युद्ध गर्न रामका साथ बाँदर र भालुहरू गएको वर्णन रामायणमा पाइन्छ । जुन राक्षसको नाम सुन्दा देवताहरू डराउँथे, बडे–बडे वीरहरूको मुटु काँप्दथ्यो, उनीहरूसँग कसरी बाँदर र भालुले युद्ध गर्न सक्थे ? वानर अर्थात् ‘वा’को अर्थ ‘अथवा, ‘नर’को अर्थ ‘मानिस हुन्छ । ती वानर नभएर काम, क्रोध, लोभ, मोह, अहंकार भएका योद्धाहरू थिए । रामानुजसम्प्रदायका साधुहरू तीनवटा लौरा लिएर हिँड्दछन् ।
मन, वचन र कर्मलाई नियन्त्रण गर्न सक्ने शक्ति ममा छ  भन्ने बुझाउन यी लौरा राख्छन् । धर्मका गतिविधि तथा चिìमा लुकेका गहन रहस्यलाई बुझिएन भने शास्त्रका चर्चामा अनर्थ पाइन्छ, धर्मभित्र सङ्कीर्णता भेटिन्छ, पूजामा पाखण्ड देखिन्छ । श्रीमद्भागवतको ११ औँ स्कन्धको १३ औँ अध्यायमा विष्णुले ब्रéाको बाहान हंशमा आवेशावतार धारण गरेर सनकादि ऋषिका प्रश्नहरूको गम्भीर उत्तर दिएको वर्णन छ ।
विष्णुको बाहान गरुड र काकभुसुण्डीको संवाद तुलसीकृत रामायणमा पाइन्छ । यहाँ काकभुसुण्डीले बताउने गरुडले सुन्ने काम गरेका छन् । काकभुसुण्डी वास्तवमा नेपालमै जन्मिएका ऋषि थिए । सुन्दरीजलनजिकै चौसठ्ठी शिवलिड्डमध्येको कागेश्वरशिवलिड्ड छ । काकभुसुण्डीले नेपालको मनाङजिल्लास्थित तिलिचोतालमा गरुडलाई रामायण सुनाएका थिए । गोरखाको भुसुण्डीखोलामा कागभुसुण्डीको मन्दिर छ, नेपालका अन्य स्थानमा पनि उनको तपस्यास्थल छन् ।
यदा च गारुडे कल्पे विश्वाण्डाद्गरुडोद्भवम् ।
अधिकृत्याव्रवीद्विष्णुर्गारुडं तदिहोच्यते ।।
–मत्स्यपुराण (५३।५२)
अर्थात्, “विष्णुले गरुडकल्पमा गरुडको उद्भव प्रसङ्कमा विश्वब्रéाण्डबाट आरम्भ गरेर जुन पुराणको वर्णन गर्नुभयो त्यसको नाम गरुडपुराण हो ।” भगवान् विष्णुले आफ्नै बाहानको उत्पत्तिको बारेमा बयान गरेका कारण गरुड पंक्षीराज नभएर ऋषिराज थिए भन्ने पुष्टि हुन्छ । विनिताका पुत्र गरुडका सुमुख, सुनामा, सुनेत्र, सुवर्चा, सुरुच तथा सुबल नामका ६ वटा छोराहरू थिए ।  भगवान् विष्णुका पार्षद भएका कारण गरुडको कुल आदरणीय थियो ।  गरुडहरूको आफ्नै लोक भएको वर्णन महाभारतले गरेका कारण उनीहरूको आफ्नै राज्य भएको प्रष्ट हुन्छ ।
देवीको बाहान सिंह अरूले मारेको शिकार कहिल्यै खाँदैन । भ्रष्टाचारीहरूलाई सिंह, न्यायकर्मीलाई राजहाँस, शासकलाई हात्ती अनुकरणीय छन् । सरस्वतीको बाहान राजहाँसले दूध र पानी (न्याय र अन्याय) छुट्ट्याउँछ । राजहाँसको अस्तित्व अन्यत्रबाट हराए पनि मानसरोवरमा भेटिने सन्तहरू बताउँछन् । महिषासुरको राँगो, इन्द्रको ऐरावत हात्ती, कुमारको मयूर, गणेशको मूसा एवं महादेवका नन्दी यी सबै सम्बन्धित देवीदेवताका पार्षद अर्थात् तपस्वी हुन्, जनावर होइनन् । ज्ञान, विवेक सम्पन्न तपस्वी भएकाले देवीदेवताको जिम्मेवारी पाएका थिए ।
श्रीमद्भागवत्मा भनिएको छ–
भृगुं बवन्ध मणिमान्वीरभद्रः प्रजापतिम्
चण्डीशः पूषणं देवं भगं नन्दीश्वरोùग्रहीत् ।। 
अर्थात्, “मणिमान्ले भृगुलाई, वीरभद्रले दक्षलाई, चण्डीशले पूषादेवलाई, भगदेवलाई नन्दीश्वरले पक्रिए र बाँधे ।” नन्दी पशु भए भगदेवलाई बाँध्न सक्दथे त ? कुनै समयमा गल्ती वा पदको दुरुपयोग गरेका हुनाले उनीहरूलाई पशुपंक्षीको संज्ञा दिएको हुन सक्छ । अहिले पनि राम्रो काम नगर्नेलाई “तँ गिद्द होस्, तँ बाँदर होस्, तँ कुकुर होस्, तेरो स्वभाव बिरालो वा साँढेको जस्तो छ ” भनी अनेकौँ उपनाम दिई गाली गर्छन् ।
यी गालीलाई पछिल्ला पुस्ताका सन्ततिहरूले पशुकै रूपमा बुझ्न थाले । कुमार र गणेशमा को ठूलो ? भन्ने झगडाको छिनोफानो गर्न महादेवले दुबैलाई पृथ्वी परिक्रमा गर्ने आदेश दिनुभयो । मयूरमा चढेर कुमार बाटो लागे तर गणेशलाई समस्या प¥यो । मुसाको जुक्तिअनुसार सम्पूर्ण देवीदेवता, लोकहरू र पवित्र तीर्थस्थलहरू र्सिम्झएर गणेशले बुबा–आमा (महादेव र पार्वती)लाई परिक्रमा गरे । परिणामस्वरूप देवताहरूमा गणेश नै श्रेष्ठ ठहरिए । यहीकारण हिन्दूहरूले अनुष्ठानको प्रारम्भमा गणेशको पूजा गर्दछन् । गणेशलाई बल र बुद्धिको प्रतीक मानिन्छ । गणेशलाई समेत बुद्धि दिने, मार्गदर्शन गर्ने मुसा वास्तवमा ऋषि नभएर को थिए होला त ? वैदिक शास्त्रमा कैयौँ ऋषिहरूको नाम चराचुरुङ्गी आदिबाट पनि राखिएको छ । जस्तै तैतीरीय उपनिषद्लाई तैतिरी (भँगेराजस्तो चरा) को जुठो मानिन्छ ।
हरिणीगर्भसम्भूत ऋष्यश्रृङ्गो महामुनिः ।
तपसा ब्रम्णोह जातः संस्कारस्तेन कारणम् ।।
–भविष्यपुराण (ब्राéपर्व ४२।२६)
अर्थात्, “हरिणको गर्भबाट उत्पन्न भएर ऋष्यश्रृङ्ग महामुनि तपस्याका कारण ब्राéण भए ।” ऋषिको जन्म हरिणीबाट नभई हरिणीजस्तो आँखा वा स्वभावकी कुनै ऋषिपत्नीबाट भएको प्रष्ट हुन्छ । माछोबाट मत्स्येन्द्रनाथ, हातबाट झर्दै गरेको पानीबाट पतञ्जलिको जन्म भएको थियो । शुकदेव स्वामीको जन्म सुगाबाट भएको थियो । मुण्डुकी (भ्यागुती)बाट माण्डव्य ऋषि जन्मिएका थिए ।
भविष्यपुराणको ब्रम्हकाे अध्याय ४२लाई हेर्ने हो भने उलुकीबाट कणाद्, वेश्याबाट वशिष्ठ, नाविकाबाट मन्दपाल जन्मिए तर विद्याबलले उनीहरू पूजनीय र स्मरणीय भए । गोरखनाथको जन्म गोबरबाट भयो । कुशबाट सीताका छोरा कुशको जन्म भयो । वेदव्यासकी आमा मत्स्यगन्धाको जन्म माछाबाट भयो । जीविकाका लागि मत्स्यगन्धा डुङ्गा चलाएर बुबालाई सहयोग गर्दथिन् । अधिकांश समय पानीमा रहने, माछासँगै खेल्ने हुँदा माछाको जस्तो गन्ध आयो र मत्स्यगन्धा नाम दिइयो ।
वास्तवमा उनी माछाबाट जन्मिएकी थिइनन् । वैदिक शास्त्रहरूमा पशुपंक्षीले देवीदेवतालाई उपदेश, मार्गदर्शन गरेको मात्र होइन नदीनाला, पर्वत, पोखरीहरूले सभा–सम्मेलन आयोजना गरेको, विवाह गरेको,  छोरा–छोरीहरू जन्माएको प्रशस्त उदाहरणहरू पाइन्छन् । जस्तै महादेव र पार्वतीको विवाहमा विभिन्न पर्वत, समुद्र, नदीहरू आएका चर्चा छन् ।
आजगाम कृपां कृत्वा सर्वोपरि लसत्प्रभुः ।
कैलासस्तु महाशैलो महाहर्षसमन्वितः ।। 
इहापि येùचलाः सर्वे आययुस्ते हिमालयम् ।
अन्येùपि भूभृतो ये हि द्वीपेष्वन्येष्वपि द्विज ।। 
–शिवपुराण (रुद्रसंहिता ३७।३९–४०)
अर्थात्, “यस क्रममा ठूला पर्वत कैलास खुसी हुँदै हिमालयको घरमा आउनुभयो । हे नारद ¤ यतिबेला अन्य द्वीप र यहाँका पर्वतहरू पनि विवाहमा आउनुभएको थियो ।” नेपालका राजालाई नेपाल नरेश भने जस्तै हिमाल (पर्वत)का राजाहरूलाई हिमालेश्वर, पर्वतेश्वर आदि नामले पुकार्नु स्वाभाविकै हो । आद्यशक्ति पार्वतीको जन्म पर्वतबाट भयो, लक्ष्मीको जन्म समुद्रबाट भएको हुँदा यहाँका नदी र पर्वतहरू पवित्र भए । अहिले पनि मानिसको नाम समुद्र, सागर, विपिन आदि राखिन्छ । समुद्र र गड्डा नाम राख्दैमा पानी हुने, विपिन एवं आरण्यक भनेर बोलाउँदैमा जङ्गल हुने त अवश्य हुँदैन ।
उहाँले पर्वतमा शासन गरेका कारण वा अन्य राजामहाराजाहरूको भन्दा मान, प्रतिष्ठा उच्च हुनाले पर्वत नाम राखिएको हो । राजा–महाराजा, ठूलाबडा वा राष्ट्रिय जीवनमा महŒवपूर्ण योगदान दिने व्यक्तिहरूको नामबाट विभिन्न कृतिहरू राखिन्छन् । जस्तै जनकपुर (राजा जनकको राजधानी), अरनिको राजमार्ग, महेन्द्र राजमार्ग, गणेशहिमाल (भगवान् गणेशले तपस्या गरेको हिमाल), त्रिभुवन राजपथ आदि । यी नाम राख्दैमा ती संरचना नै सम्बद्ध व्यक्ति थिए भन्न मिल्छ त ?
कतिपय महापुरुषले जहाँ ध्यान गरे त्यस स्थानको नामबाट उनीहरूको चर्चा सर्वत्र फैलियो । खप्तड स्वामीले खप्तडको लेकमा, गलेश्वरबाबाले गलेश्वरधाममा, शिवपुरीबाबाले शिवपुरीडाँडामा, कालिञ्चोकबाबाले दोलखाको कालिञ्चोकमा  तपस्या गरेकाले ती ती ठाउँहरूको नामबाट उहाँहरूको नामकरण भयो । कतिपय ठाउँमा जुन ऋषि र देवताले तपस्या गरे, साधना गरे ती ठाउँ, नदी, पर्वतहरूको नाम उनीहरूकै नामबाट चिनिन थाले । अरूण र वरुण नदी, छिम्केश्वरी यसका उदाहरण हुन् । अरूण ऋषिले तपस्या गरेका कारण त्यस नदीको नाम नै अरुण रहन गयो ।
कुम्भकर्णले तपस्या गरेको स्थानलाई कुम्भकर्णहिमाल, अन्नपूर्णादेवीले साधना गरेको पर्वतलाई अन्नपूर्णाहिमाल, दुर्गाले ध्यान गरेको पर्वतलाई कञ्चनजंघा नामले प्रसिद्धि पाएको छ । कालीदेवीको इतिहास जोडिएकाले कालीञ्चोकडाँडा रहन पुग्यो । पाप बढेपछि उनीहरूले त्यो स्थान छोडेर अन्य गोप्य ठाउँमा गए । तथापि ती स्थानहरूले तीर्थस्थल, देवस्थल, पुण्यस्थलका रूपमा चर्चित भए । पुराणहरूमा अष्टचिरञ्जीवी, ऋषिमुनि एवं अन्य साधना सम्पन्न महापुरुषहरू अहिले पनि सिद्धाश्रममा बस्दछन् भनिन्छ । साङ्ग्रिला, सम्भाला गाउँ, सिद्धाश्रम यस्तै रहस्यमय स्थान हुन् । त्यो कहाँ छ ? खोजको विषय भएको छ । मानसरोवरका आसपासमा दुर्लभ स्थान र पर्वतहरू छन् ।
नेपालका पर्वत, गुफा, नदीहरूमा ऋषिका सुगन्ध, तपस्वीका गाथा, एलियनका रहस्य, अप्सराका कृति भेटिन्छन् । गोरखाको मनास्लु हिमालयमा मनुले तपस्या गरेर मनमाथि विजय पाए । हिमालका आकृति, पर्वतका स्वरूप, नदीका आकार, भूमिको बनोटले अनेक सूचना दिन्छन् । यसरी नै देवीदेवताका अर्थ, पुराणका सन्देश, ऋषिको परिस्थिति नबुझ्दा पशुपंक्षीकै भरमा देवीदेवता बाँचेकै जस्तो देखिन पुग्छ ।
शास्त्रलाई अक्षरबाट, देवीदेवतालाई मूर्तिबाट, भगवान्लाई भजनबाट, ऋषिलाई पुराणबाट, ईश्वरलाई भावबाट मात्रै बुझ्न सकिँदैन । अक्षर, भाव, श्रद्धा, चिन्तनलाई संयोजन गरी विवेक प्रयोग गरेमात्र शास्त्रका रहस्य, परमात्माको भेउ पाउन सकिन्छ । ऋग्वेद (८।४।२१) मा ऋषिहरूले गाई प्राप्त गरेको जानकारी रुखले बताएको छ । शास्त्रका विषयलाई समय सापेक्ष एवं वैज्ञानिक तरिकाले बुझिएन, व्यावहारिकरूपले व्याख्या गरिएन, प्रतीकात्मकरूपलाई ध्यान दिइएन भने पहाड हिँडेका, पशुपंक्षीले देवतालाई बोकेका, समुद्रहरू विवाहमा आएका प्रकरणहरू ख्याल ठट्टाका विषय, चिया पिउँदाका गफ एवं मनोरञ्जनका सामग्रीमात्र बन्नेछन् ।