९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर ल्याउन हुँदैन: पूर्वमन्त्री डा.खतिवडा

आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर ल्याउन हुँदैन: पूर्वमन्त्री डा.खतिवडा
अ अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर नल्याउन आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्याङ्कन गरेर बजेट ल्याउनुपर्ने बताउनु भयो।

उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरमा ४ प्रतिशत कायम हुने अनुमान भएपनि २ प्रतिशत भन्दा तल झर्नसक्ने अवस्था देखिएको उल्लेख गर्नुभयो। उहाँले अबको तीन महिनामा १ प्रतिशत पनि आर्थिक वृद्धि हुने अवस्था नभएको बताउनु भयो।

उहाँले चालु आवको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नेगेटिभमा गएको आर्थिक सिथिलता देखिएको बताउनु भयो। उहाँले आर्थिक मन्दी भएपनि अर्थतन्त्रका सूचकहरु नेगेटिभ नभएको भन्दै अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले आगामी बजेट आर्थिक वृद्धिदर २ प्रतिशत यति प्रतिशतले राजश्व,आन्तरिक ऋण र त्यसैको आधारमा बजेट आकार बनाए अर्थतन्त्र थप बिग्रने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ अहिले मुलुक आर्थिक मन्दीमा छ । आर्थिक वृद्धिदर दुई तीन क्वाटर तल गयो भने मन्दी हुन्छ भनेका छौं यहाँ त नेगेटिभ भइसक्यो । मन्दी भएपछि बैंकको ब्याजदर पनि तल जानुपर्ने हो । मूल्यवृद्धिदर पनि तल जानुपर्ने हो । अर्थतन्त्रका धेरै परिसूचकहरु तल जानुपर्ने हो। त्यो भइरहेको छैन । मन्दी हो वा सानो धक्का मात्रै हो अर्थतन्त्रमा यसको बहस छलफल धेरै हुन जरुरी छ । अर्थतन्त्र सिथिल छ । आर्थिक वृद्धि बजेटले ८ प्रतिशत भनेको थियो । मैले त्यो बेला सरकारले आधा पुर्‍यो भने धन्यवाद दिउँला भनेको थिएँ ।

४ प्रतिशत मैले नै दिएको थिएँ । त्यो पनि आधा भयो । अबको तेस्रो क्वाटरमा नेगेटिभमा जाला त्यस्तो भयो भने चालु आर्थिक वर्षमा २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन्छ कसरी ? मलाइ होला जस्तो लागेको छैन । त्यसले ल्याउने जोखिम के हो भने आर्थिक वृद्धिदर २ प्रतिशत हुन्छ । त्यसको यतियति प्रतिशतले राजश्व,आन्तरिक ऋण उठाउँछौं र त्यसैको आधारमा यति आकारको बजेट बनाउँछौं । भन्यो भने बसंै कुरा विग्रने वाला छ । आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधाररित भएर यदी बन्दै छ भने त्यस्तो बजेट कृपया नबनाउनु होला । चालु आर्थिक वर्षको बजेटबाट सिक्नुहोला ? बजेटको साख यसरी धुमिल हुन्छ ।’

डा. खतिवडाले वित्तीय क्षेत्र नै अस्थव्यस्त रहेको बताउनु भयो। उहाँले १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेृत्र नै अस्थव्यस्त रहेको बताउनु भयो। उहाँले यो क्षेत्रमा ऋण नतिरौं भन्ने,वचत उठाएर घरजग्गामा र डिजिटल करेन्सीमा लगानी गरेर पुँजी निर्माण गर्नेहरु समेत भेटिएको बताउनु भयो। उहाँले सरकारले पैसा सिरानी मुनी छ भनेर नभेटिने भन्दै समान्य वचत कर्ताको पैसा खोला तरेर सिमाना नागि सकेको बताउनु भयो।

उहाँले बीमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको बताउनु भयो। उहाँले लघुवित्तहरुमा ऋण नतिरौं भन्ने अभियान चलाउने नेतृत्वलाई सरकारले कारबाही गर्न सरकार तयार नभएको बताउनु भयो। उहाँले राज्य कमजोर भएकाले पनि अर्थतन्त्रको प्रणालीमा समस्या देखिदै गएको बताउनु भयो। डा. खतिवडाले आर्थिक अराजक फैल्याउने विषयमा सचेत वर्गले बोल्न आवश्यक रहेको बताउनु भयो ।

डा.खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने कुरा गरिरहँदा सरकारसँग वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताउनु भयो। उहाँले मुलुकको चालु खाताघाटा र बजेट घाटोको स्पेश अफ्ठ्यारो स्थितिमा भएकाले सरकार नीतिगत रुपमा दबाबमा रहेको बताउनु भयो। उहाँले मौद्रिक नीति खुकुलो बनाउन ठाउँ नभएको,ब्याजदर कम गर्न लगानी बढ्ने अवस्था नरहेको र करका दर बढाउँदा सिथिलता रहेको भन्दै अर्को वर्ष व्यवसायिक आम्दानीको आधारमा आय कर समेत घट्ने बताउनु भयो।