३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै



अ+ अ-

जनकपुरधाम । मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइ रहेका छन् । यो पर्व मनाउन महिलाहरु बिहानैदेखि चोखो भएर नववस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् ।

जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ । पण्डित लालबाबु झाका अनुसार धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिए अनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।

अर्को धार्मिक मान्यतानुसार सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुख मुनि बसेर सो पर्व मनाउने गरिन्छ ।

यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पङ्खा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ । यस पर्वको अवसरमा जनकपुरधामको प्रसिद्ध रामन्दिर परिसरका साथैै पीडरीयामाई स्थान, विश्वकर्मा चोक लगायत विभिन्न टोलटोलमा रहेका बरका रुखमुनि वटसावित्रीको पूजा भइरहेको छ ।

मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । रिंकु गायत्री मिश्रले यो पर्व मनाउन बेहुलीलाई माइतीबाट नयाँ वस्त्र, मिठाई, बाँसको पंखा, टोकरी लगायतका सामग्री कोसेलीका रुपमा पठाउने चलन रहेको बताउनुभयो ।  

क्षीरेश्वरनाथ नगरपालिकाका पुरोहित इन्द्रकान्त झाले गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास रहेको बताउनुभयो । रासस