३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

घरेलु कोर्टको फाइदा उठाउँछौंः कप्तान अरुणा शाही

घरेलु कोर्टको फाइदा उठाउँछौंः कप्तान अरुणा शाही
अ+ अ-

काठमाडौँ । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ । नेपाली महिला खेलाडी घरेलु कोर्टको भरपुर सदुपयोग गर्दै राम्रो प्रतियोगिता खेल्ने बताएका छन् ।

नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ ८ गते देखि १४ गते सम्म काभा महिला भबिल च्यालेन्ज कप प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । बेल्जियन प्रशिक्षक जान डी ब्रान्टसहित नेपाललाई यसअघि दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाएका जगदीश भट्ट, भरत यादव र कोपिला उप्रेती सम्मिलित टिमले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । सधैँजसो बुधवार नेपाली टोली अभ्यासमा तल्लिन रहँदा केही ब्लकर खेलाडीहरुमा सिजनल फ्लू देखिएको छ । नेपालसहित ८ राष्ट्रले प्रतिष्पर्धा गर्ने प्रतियोगिताको तयारी राम्रो भएको नेपाली टोली मुख्य प्रशिक्षक जान डे ब्रान्टले जानकारी दिए । मुख्य प्रशिक्षका ब्रान्टले विपक्षी टोलीको रणनीति अनुसार खेल्दै घरेलु कोर्टको भरपुर फाइदा उठाउने बताए । तीन महिने प्रशिक्षण कालमा टोलीका धेरै सुधार आएको र विदेशी खेलाडीसँग प्रतिष्पर्धा गर्नसक्ने टोली निमार्ण भएको प्रशिक्षक ब्रान्टले थपे ।

घरेलु भूमिमा आयोजना हुन लागेको काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । अन्तिम टोलीको राम्रो भएको र लामो प्रशिक्षणबाट टोलीले राम्रो अनुभव लिएको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बताइन् । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । जसमा घुँडाको चोटका कारण टोलीका भरपर्दा तथा नियमित स्पाइकर प्रतिभा मालीसँगै टोलीका सदस्य सेटर कृपा अधिकारी टोलीमा स्थान बनाउन सकेनन् । प्रतिभाको स्थान पूरा गर्ने री तयारी गरिरहेको कप्तान शाहीले थपिन् ।

करिव एक साता चल्ने प्रतियोगिताका लागि दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गर्दा कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना बिष्ट र सलिना श्रेष्ठ टोलीका पुराना खेलाडी हुन् । प्रतियोगिता जेठ ८ गतेदेखी १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रतियोगितामा सहभागि हुने टोलीका लागि सबै व्यवस्थपन अन्तिम चरणमा पुगेको हो । आयोजक नेपालले उद्घाटन खेलमा कीर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । २ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ ।