६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाद्वारा तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, माग पूरा नभए सरकारको समर्थन फिर्ता लिने चेतावनी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिवेदन सार्वजनिक नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

“हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्‍याएर फैसला हुँदैन”, पार्टीका नेता लक्ष्मण चौधरीले भन्नुभयो।

चौधरीले लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने बताउनुभयो ।

उहाँले टीकापुर घटनामा दोषी ठहर भई जन्म कैदको सजाय काटिरहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै आजदेखि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

उहाँले तीन दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरिए जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको आयोजना गर्ने पनि चेतावनी दिनुभयो।