३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा अवैध चोरी शिकारी नियन्त्रण तथा अन्य गतिविधि संचालन



अ+ अ-

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ खड्‍गदल गण र निकुञ्‍ज प्रशासन सहितको टोलीहरुले अवैध चोरी शिकारीलाई नियन्त्रणमा लिएको छ । 

प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन उक्त टोलीहरुले यही २५ गते नवलपुर जिल्ला गैडाकोट नगरपालिका ३ डढेली निवासी वर्ष ३५ को गैंडा सुटर सोम गुरुङ्ग भनेर चिनिने खड्‍ग गुरुङ्गलाई नियन्त्रणमा लिएको हो । 

निकुञ्‍ज प्रशासन कार्यालय कसरालाई दोहोरो भरपाई गरी बुझाएको छ । २५ गते अगाडी पूर्व पश्‍चिम राजमार्ग शुक्लाफाँटा नगरपालिका ११ बनरा जङ्गल हुँदै महेन्द्रनगर तर्फ आउदै गरेको ना.१ क ५७७२ नम्बरको टिपरबाट करिब ३५ के.जी. को मृत बदेल फेला परेको थियो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ देवीदल गण, सुरक्षा गुल्म अर्जुनि र निकुञ्‍ज प्रशासनका कर्मचारी सहितको टोलीले उक्त टिपरमा सवार ३ जना व्यक्तिहरु सहित मृत बदेललाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि निकुञ्‍ज प्रशासन कार्यालयलाई दोहोरो भरपाई गरी बुझाएको जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्‍जमा तैनाथ नेपाली सेना र निकुञ्‍ज प्रशासन सहितको पट्रोल टोलीले परिचालित भइ विभिन्‍न मितिमा बस्ति तर्फ पस्न प्रयास गर्ने जंगली हात्तीहरुलाई जंगल तर्फ धपाउन सहयोग गरी स्थानीय वस्तीमा हुन सक्ने जनधन एवं बालीनालीको क्षति न्यूनिकरण गर्न समेत सहयोग गर्दै आएको जानकारी दिएको छ ।