२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सांसदबाट हटाएको दुई महीना नपुग्दै यी बनिन् संघीय मन्त्री



अ+ अ-

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले दुई महीनाअघि प्रदेश सांसदबाट हटाएकी ज्वालाकुमारी साह संघीय मन्त्री नियुक्त भएकी छिन्।  

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री नियुक्त गरेकी छिन्। 

नेकपा एकीकरण बदर भएसँगै उनी माओवादीलाई छोडेर नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन्। एमालेमा प्रवेश गरेसंगै उनलाई माओवादीले सांसदबाट हटाएको थियो । 

माओवादीको सिफारिशमा प्रदेश सभा सचिवालयले सांसदहरू साह, रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समिरलाई गत ३० चैतमा पदमुक्त गरिएको घोषणा गरेको थियो। उनी बारा ३ ‘क’बाट ११ हजार धेरै मत लिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्। बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन्। 

उनी २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन्।  २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।