२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ३७४९ जनामा कोरोना संक्रमण, ५९ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ५२९३ जना निको भएका छन् । बिहिबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ रहेको छ । 

देशभर हालसम्म ६ लाख १ हजार ६८७ जनामा पिसिआर र १७ हजार ७१४ जनामा एन्टिजेनबाट कोरोना पुष्टि भएको छ । 

त्यसमध्ये ५ लाख १५ हजार ५९१ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ रहेको छ ।