२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छाला सहित २ जना पक्राउ



अ+ अ-

काठमाडौं । दुर्लभ बन्य जन्तु चितुवाको छाला बेचबिखन गर्ने दुई व्यक्ति आज पक्राउ परेका छन् । विहानको १०ः२० को समयमा कोठमाडौंका कीर्तिपुर, वडा ३ ढल्पा एरियामा छाला बेचबिखन भएको सुचनाको आधारमा  प्रहरीले पक्राउ गरेको हो । 

दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा १ घर भई हाल पागाँ वसपार्क वस्ने २३ वर्षिय गिरिराज ठगुन्ना र जिल्ला वझाङ दुगोधली गाउँपालिका वडा ७ घर भई हाल काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका ३ ढल्पा बस्ने २९ वर्षिय रानारायण वहादुर सिंह पक्राउ परेका हुन् । 

किर्तिपुरवाट खटिएको बिशेष टोलीले खोजतलास गर्दा थान १ चितुवाको छाला फेला परेको बताइएको छ । साथै थप अनुसन्धान भईरहेको पनि जनाएको छ । अनुसन्धान पश्चात कारवाहीको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाईने छ ।