२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका युवा पंक्तिको मन जितेको छु, जीवनमा पद प्राप्ति ठुलो बिषय होइन : महेश बस्नेत



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले देशभरका एमाले कार्यकर्ता र युवा पंक्तिको मन जितेको बताएका छन् । बिहिवार बस्नेतले आफूलाई मन्त्री बन्नबाट रोक्ने केही नेताहरु लाई लक्षीत गर्दै आफ्नो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय नभएको उल्लेख गरेका हुन् । 

आज फेसबुकमा आफ्नो धारणा प्रष्ट पार्दै बस्नेतले लेखेका छन्, ‘मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’ उनको संकेत प्रधानमन्त्रीको सल्लाकार र केही नेताहरुप्रति थियो । 

अपरान्ह ३ बजेसम्म खगराज अधिकारी र महेश बस्नेतमध्ये कस्लाई बनाउनेबारे प्रधानमन्त्री ओली निश्चित भइसकेका थिएनन् । बस्नेतको गृहमन्त्री बन्ने लगभग निश्चित भइसकेको थियो । तर, प्रधानमन्त्री ओलीका केही सल्लाहकारले बस्नेतको पृष्ठभूमि विवादास्पद भन्दै रोकेको बुझिएको छ । यसप्रति बस्नेत निकै आक्रोशित भई भविष्यमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

बस्नेतले लेखेका छन्ः मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन्। पार्टी निति , नेतृव र निर्देसन सदैब पालना गरेर अगाडि बडेको छु। परिभाषित काममा सदैब आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई समेत प्रभाब र दबाब पर्ने गरी काम गरेको छु। अफ्नो निर्वाचन क्षेत्र भक्तपुरमा आम जनताको र देशभर को एमाले कर्यकर्ता र युवा पंक्तिको मन जितेरै बसेको छु। पटक पटकको मन्त्री मण्डलको पुनरगठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ्। मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ्। हो , मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन । मेरो बिरोधि साथीहरुलाइ म झन धेरै धन्यवाद दिन चहान्छु ।जस्को कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु। त्यो नै महिले सिकेको सिकाई हो र उपलब्धि पनि १

कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु। गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन्। तेस्तो भ्रममा कोही नपरौ म जहाँछु तेही रहनेछु र म जे छु तेही छु पद नपाउदा बिचलनमा आउने मेरो कुनै अबसर्बादी चरित्र छैन र हुने पनि छैन । म अझै जोस जाँगर र उर्जाका साथ लाग्नेछु । मेरो राजनैतिक जीवनमा महिले बिकाश गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुनेनैछ्। पटक , पटक अग्नि परिक्षामा होमिन तयार छु।