५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीसँग मदन राईको कुनै सम्बन्ध छैनः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोरकिशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषिविज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोरकिशोरीमाथि गरेको यौन दुव्र्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषिविज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी राईले किशोरकिशोरीमाथि गरेको दुव्र्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।