१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं अवतरण हुन नसकेपछि बनारस फर्कियो एयर इन्डिया



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डियाको विमान बनारसतर्फ डाइभर्ट भएको छ।

बुधबार दिउँसो एयर इन्डियाको एआई २१५ विमान त्रिभुवन विमानस्थलमा अवतरण हुननसक्दा बनारस फर्केको हो ।

टेल वीन्ड (पछाडीबाट लागेको हावा)को कारणले अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

एयर इन्डियासँगै थप पाँच विमान पनि टेल वीन्डको कारण अवतरणमा समस्या भएको उनले बताए। ‘विमान ल्याण्ड गर्न एकातिरको मात्र रनवे प्रयोग हुन्छ। दक्षिणतर्फ हावा बढिरहेकोले ठूला जहाज ल्याण्ड हुन समस्या भएको हो’, सिटौलाले भने ।