२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिन: मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा थुप्रै समस्या रहेको र किमसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयो । उहाँले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताउनु भयो । उहाँले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा अरु थुप्रै समस्याहरु छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तिब्र पार्नुपर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुबाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरुलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मुल रुपमा उठाएका छौँ । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गएपनि छोड्दैनौँ, यो हाम्रो प्रतिवद्धता हो ।’

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मुल मुद्दा बनाएको बताउनु भयो ।