११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह

अनुसन्धानमा सहयोग गर्न संसद्बाटै एमालेको टोपबहादुरलाई आग्रह
अ अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धालाई सघाउन नेकपा (एमाले) ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई आग्रह गरेको छ ।

उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भई हाल फरार रहेका पूर्वमन्त्रीसमेत रहेका पार्टी सचिव रायमाझीलाई प्रहरीले गरेको अनुसन्धानमा सहयोग गर्न प्रतिनिधिसभाको बैठकमाथि आग्रह गरेको हो ।

बुधबार प्रतिनिधिसभाको बैठकमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराउनुभयो ।

“विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक भइरहेको अनुसन्धान र छानबिनमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ, तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्”, उहाँले भन्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौँले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ तर उहाँ फरार हुनुहुन्छ ।

उपमहासचिव गुरुङले भ्रष्टाचारका मुद्दाहरुको अनुसन्धान गर्ने सरकारको कार्यमा आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार तलमाथि दायाबायाँ नगरीकन अनुसन्धानमा लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दोषीहरु कोही नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरुन् भन्ने अभियानका साथ लागोस्, नेकपा एमाले यो सरकारको काममा सहयोग र समर्थन गर्छ ।”