३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ: सांसद श्रेष्ठ

प्रदेश नामकरणको विवाद वार्तामार्फत समाधान गरौँ: सांसद श्रेष्ठ
अ+ अ-

काठमाडौँ । सांसद सुशीला श्रेष्ठले प्रदेश नं १ नामकरणको विषयमा भएको विवाद वार्ताका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय माग गरेर बोल्दै उहाँले हिजो झापाको दमकमा भएको आन्दोलनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरीसमेत घाइते भएको बताउँदै वार्ताद्वारा समाधान खोज्न आग्रह गर्नुभएको हो ।

“प्रदेश नं १ को नामकरण भएदेखि पहिचानवादीहरु आन्दोलनमा भएको कुरा विदितै छ, कोशी नामकरण सङ्घर्ष समितिको आह्वानमा हिजो वैशाख २६ गते झापा दमकमा शान्तिपूर्ण राँके जुलुस भएको थियो, शान्तिपूर्ण राँके जुलुसमाथि अनावश्यक अवरोध र हस्तक्षेप गर्दा झडप भएको छ, मानिसहरु घाइते भएको छन्”, उहाँले भन्नुभयो ।

सांसद श्रेष्ठले आन्दोलनका क्रममा १९ राउन्ड अश्रुग्यास, पाँच राउन्ड डोमिफायर र पाँच राउन्ड रबरबुलेट फायर हुँदा आन्दोलनकारी घाइते भएका हुन् । घाइते हुने निर्मला बराल र गजेन्द्र फागु लिम्बू हुनुहुन्छ । गजेन्द्र फागु लिम्बूको देब्रे खुट्टामा गोली लागेको छ । उहाँहरुको दमकमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् ।

बिहान ११ बजे बस्ने भनिएको सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठक राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर र प्रस्तावबाहेक) माथि छलफल हुने कार्यतालिका छ । अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।