२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती अस्पताललाई भेन्टिलेटर सहयोग



अ+ अ-

दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई चारवटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । गोर्खा सिमिस्ट्री ट्रष्ट हङकङमार्फत ती भेन्टिलेटर सहयोग प्राप्त भएको हो । ती स्वास्थ्य सामग्रीलाई गोर्खा सिमिस्ट्री ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राई र नेकपा एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेलाई हस्तान्तरण गर्नुभएको छ । 

सो अवसरमा ट्रष्टका अध्यक्ष राईले कोभिड महामारीको समयमा नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्न संस्थाले सरकारी अस्पतालमा  भेन्टिलेटर सहयोग गरेको बताउनुभयो । उहाँले संस्थामार्फत नेपालका सरकारी अस्पतालमा ४५ भेन्टिलेटर हस्तान्तरण गर्न लागिएको जानकारी दिनुभयो ।  

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य शाक्यले अस्पताललाई भेन्टिलेटर सहयोग गरेकामा धन्यवाद दिँदै कोभिडपछि पनि भेन्टिलेटर अस्पतालका लागि अति उपयोगी हुने बताउनुभयो । सहयोग हस्तान्तरण गरेकामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष  न्यौपानेले अस्तालमै आएर स्वास्थ्य सामग्री प्रदान गरेको जनाउँदै ट्रष्टका अध्यक्ष राईलाई धन्यवाद दिनुभयो ।  

यसैबीच राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ । सो सेवा सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म रु एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा रु पाँच हजार, ओपिडीमा रु दुई हजार ५०० र भर्ना भएमा रु १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ । 

एकै पटकमा बिरामीले रु एक लाखको औषधि उपचार भने गर्न नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा पाउने लक्षित समूहमा गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम् प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्ने छ । उपचार गर्न आउनेले परिचयपत्र अनिवार्य ल्याउनु पर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताउनुभयो  ।  

सो एकाइको उद्घाटन गर्दै उहाँले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब रु एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजतका लागि उपमहानगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराउने घोषणा गर्नुभयो । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे । रासस