३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बइका दुई सिनेमाघरमा सलमान खानको फिल्म राधे रिलिज, पहिलो दिनमा ६ हजार बढीको कमाइ



अ+ अ-

काठमाडौं। बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमाघरमा रिलिज भएको छ । महाराष्ट्र सरकारले कोरोना कर्फ्यु खुकुलो पारेर राज्यभर सिनेमा हल खोल्ने अनुमति दिएपछि सलमानको फिल्म राधेले हल पाएको हो ।

मुम्बइका दुई सिनेमाघरमा सलमानको फिल्म राधे ठूलो पर्दामा देखाइँदैछ । मालेगांवस्थित ड्राइभ इन सिनेमा र औरंगाबाद स्टारर खिनवासरा सिनेप्लेक्समा यो फिल्म प्रदर्शन भइरहेको छ ।

जानकारीअनुसार मालेगांवमा फिल्मको राती साढे ७ र साढे ९ गरी २ शो र खिनवासरा सिनेप्लेक्समा दिउँसो १२ बजे, ३ बजे, सवा ६ बजे र साढे ९ बजे गरी ४ शो प्रदर्शन भइरहेको छ ।

बलिउड हंगामाले ड्राइभ इन सिनेमाका मालिक तुषार तिषागेलाई उद्धृत गर्दै लेखेअनुसार शुक्रबार राती साढे ७ बजेको शो २२ जनाले गाडीमा बसेर तथा ४० जनाले कुर्सीमा बसेर हेरेका छन् । 

रिपोर्टमा ट्रेडका सूत्रको हवाला दिँदै बताइएअनुसार मालेगांवको ड्राइभ इन सिनेमाले शुक्रबार ३ हजार ५९७ रुपैयाँ ८६ पैसा कमाएको छ । खिनवासरा सिनेप्लेक्सले २ हजार ४२० रुपैयाँ कमाएको छ । शुक्रबार फिल्मको कूल कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा भएको छ ।