२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकारलाई ४५ सांसदको समर्थन रहेको मुख्यमन्त्री पोखरेलको दाबी



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू नेतृत्वको सरकारलाई प्रदेशसभाको बहुमत सदस्यको समर्थन रहेको दाबी गरेका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरेका हुन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।