३१ भाद्र २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुलमा तत्काल सहुलियत विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप परिमार्जनका लागि देशभरबाट कस्ता आए सुझाव ? नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारदेखि आशिंक खुकुलो, पसल खुल्ने समय बढाइयो



अ+ अ-

मुस्ताङ । कोरोनाको दोस्रो लहरसँगै जारी गरिएको निषेधाज्ञा हिमाली जिल्ला मुस्ताङमा सोमबारदेखि आशिंक खुकुलो भएको छ । मंगलबार बसेको डीसिसीएमसीको बैठकले पाँचौं पटक थपिएको निषेधाज्ञालाई आशिंक खुकुलो पार्दै विद्यालयको परीक्षा र भर्ना तथा अतिवाश्यकीय पसल र व्यवसाय खोल्ने समय तालिकालाई वृद्धि गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको डीसिसीएससीको बैठक कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाका शैक्षिक संस्थामा हुने वार्षिक परीक्षा तथा विद्यालयको नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाउने अनुमति दिएको छ । 

समितिले खाद्य सामाग्री, तरकारी र फलफुल सम्वन्धि पसल तथा व्यवसाय दैनिक बिहान ७ बजेबाट ९ बजेसम्म खोल्न पाउने अनुमती दैनिक बिहान ६ बजेबाट १० बजेसम्म र साँझ  ४ बजे देखि ७ बजेसम्म पसल खोल्न पाइने जनाइएको छ । 

कोरोना भाईरसको जोखिम कायममै रहेको भन्दै समितिले धार्मिक स्थल ,पर्यटकीय स्थल साविक निषेधाज्ञा झै बन्द गरिएको छ भने बिवाह ब्रतबन्ध लगायतका कार्यमा दुबै पक्षबाट १४ जना भन्दा बढी सहभागी हुन पाउने छैनन् । सार्वजनिक तथा निजी सवारी साधन चल्न नपाईने तर निर्माण सामाग्री तथा अतिआवश्यक बस्तु बोक्ने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक नलगाईने यसअघिकै नियम कायम गरिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण बढेसंगै गत बैशाख ३१ गतेबाट मुस्ताङमा निषेधाज्ञा जारी गरेको थियो ।  




भर्खरै