७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीलाई दुई साताको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार टप प्लेयर लियोनल मेस्सीमाथि उनको क्लबले पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई साताका लागि प्रतिबन्ध लगाएको छ । पीएसजीका अनुसार मेस्सीले क्लबलाई जानकारी नदिइ दुई दिनका लागि साउदी अरब गएका थिए ।

फ्रान्सका स्पोटर्स मिडिया डेली ला इक्विपेले मंंगलबार यसको खुलासा गरेको थियो । रिपोर्ट अनुसार अबको दुई सातासम्म मेस्सीले क्लबका साथ म्याच खेल्न पाउने छैनन् । साथै उनलाई प्रशिक्षणमा पनि रोक लगाइएको छ ।

प्रतिबन्धका कारण मेस्सीले टीम ट्रायज र अजाशियोका विरुद्ध हुने दुई वटा खेल खेल्न पाउने छैनन् । जसका कारण मेस्सीको दुई साताको पारिश्रमिक पनि कटौती गरिएको छ ।