७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई अलआउट, नेपाललाई ११८ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा यूएई अलआउट भएको छ ।

र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यूएईले आज थप ११ रनमात्रै जोड्न सक्यो । अन्तिम विकेटका रुपमा ललित राजवंशीले जुनैद सिद्दिकीलाई आउट गरेपछि यूएई सस्तैमा समेटिएको हो । नेपाल केही बेरमा जवाफी ब्याटिङ उत्रनेछ । हिजो वर्षाका कारण खेल रोकिएपछि आज सोही खेललाई निरन्तरता दिइएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले वर्षाले खेल अवरुद्ध गर्नुअघि हिजो २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । सोही खेललाई आज निरन्तरता दिइएको हो ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले चार विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । साथै सोमपाल कामी, गुलसन झाले पनि एक एक विकेट लिए । यूएईका लागि सबैभन्दा बढी आसिफ खानले ४६ रन बनाए । साथै आर्यान लार्काले १३, मुहम्मद वासिमले ११ रन बनाए भने जहुर खान र वासिल हमिदले समान १० रन बनाए ।

आज पनि वर्षाको उत्तिकै सम्भावना छ । यदी आज पनि वर्षाका कारण खेल हुन सकेन भने नतिजा सुपर ओभरका आधारमा निकालिनेछ । वर्षाका कारण सुपर ओभर पनि सम्भव नभएमा नेपाल ओडीआई बरियताका आधारमा स्वतः एसिया कपका लागि छनोट हुनेछ । ओडीआई बरियतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् ।