२५ श्रावण २०८३, सोमबार
,
Latest
राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी इनर्जी लिमिटेडको आइपीओ आजदेखि खुला



symbolic picture
अ+ अ-

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि बाँडफाँट गरी सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी रु २ अर्ब ९० करोडको २५ प्रतिशत हुन आउने रु ७२ करोड ५० लाख बराबरको प्रतिशेयर रु एक सय अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये पुँजीको १० प्रतिशत अर्थात् २९ करोड रकम बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावित पर्वत जिल्ला अन्तर्गत साविक दुर्लुङ गाविस हाल कुश्मा नगरपालिका वडा नं ३ ,साविक बाजुङ गाविस हाल मोदी नगरपालिका वडा नं ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका वडा न २, साविक तिलहार गाविस हाल मोदी गाउँपालिका वडा न ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका वडा नं ८ का बासिन्दाका लागि आइपीओ निष्कासन गरिसकेको छ ।

जसमा बाँकी रहेको १५ प्रतिशत अर्र्थात् रु ४३ करोड पचास लाख रकम बराबरको ४३ लाख ५०० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा भएका नेपालीलाई, पाँच प्रतिशत सामूहिक लगानी कोष र २ प्रतिशत साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।