२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटी र एभर्टनले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेस्टरको घरेलु मैदानमा सुरुवाती अग्रता भने एभर्टनले लिएको थियो । खेलको १५ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा काग्लार सोयुन्कुले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए । ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए । तर, ५४ औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै एभर्टनलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

बराबरीको नतिजासँगै लेस्टर सिटी ३४ खेलबाट ३० अंकका साथ १६ औं स्थानमा रहँदा समान खेलबाट २९ अंकका साथ एभर्टन १९ औं स्थानमा छ ।