२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण टियुमा खेल पुनः रोकियो



अ+ अ-

काठमाडौँ । कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।

खेलको २७.३ ओभरमा खेल रोकिएको हो । नेपालका ललित राजवंशी ह्याट्रिक बलको अवस्थामा रहेकै बेला वर्षाका कारण पुनः अवरुद्ध बनेको हो । यसअघि पनि खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको थियो । हाल युएई २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रनको स्थितीमा छ ।

आजको खेलमा युएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेमा नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।

वर्षाका कारण आजको खेल अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।

पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभरसम्म भए डकवर्थ लुईस पद्धति (डिएलएस)बाट खेलको नतिजा लिइनेछ । त्यो पनि सम्भव नभएमा सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजाको छिनोफानो लगाइनेछ । पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एकदिवसीय वरियतामा अगाडि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ ।