२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ पुस्तकको विमोचन



अ+ अ-

काठमाडौँ । आज पाकिस्तानी राजदूतावासको आयोजना तथा हिरण्य इन्टरनेशनल लाइब्रेरीसँगको सहकार्यमा पूर्व राजदूत हिरण्यलाल श्रेष्ठद्वारा लिखित ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’ नामक पाकिस्तानको बौद्ध सम्पदासम्बन्धी पुस्तकको लोकार्पण गरिएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सांस्कृतिक सम्पदा जनता–जनताबीच सम्पर्कको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले हिरण्यलाल श्रेष्ठको प्रयासको प्रशंसा गर्दै बौद्ध सम्पदा दुवै देशको साझा विरासत भएको बताउनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले श्रेष्ठको कामको प्रशंसा गर्नुभयो । उहाँले साझा बौद्ध विरासतमाथि प्रकाश पार्दै नेपाल र पाकिस्तानबीचको स्थायी सम्बन्धको रूपमा सांस्कृतिक र ऐतिहासिक सम्बन्धको महत्त्वमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डा त्रिरत्न मानन्धर, प्रा भिक्कुनी डाक्टर धम्म विजय, धम्ममोली परियोजनाका सह–संस्थापक एवं प्रख्यात संस्कृतिविद् डाक्टर गोपाल पोखरेल र पूर्वमन्त्री किरपाल श्रेष्ठ लगायतभिक्षु तथा बौद्ध विद्वानहरुको उपस्थिति रहेको पाकिस्तानी राजदूतावासले जनाएको छ ।