५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध क्रिस्टल प्यालेस ४–३ ले विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेसले रोमाञ्चक जित निकालेको छ ।

शनिबार सम्पन्न खेलमा प्यालेसले वेस्टहाम युनाइटेडलाई ४–३ गोलले पराजित गरेको हो ।

प्यालेसको घरेल मैदानमा सुरुवाती अग्रता भने वेस्टहामले लिएको थियो । खेलको नवौं मिनेटमा टोमास सोसेकले गोल गर्दै वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए । १५ औं मिनेटमा जोर्डन एइउले गोल गर्दै प्यालेसलाई १–१ को बराबरीमा ल्याए ।

२० औं मिनेटमा विल्फ्रेड जाहाको गोलबाट प्यालेस २–१ ले अघि बढ्यो । ३० औं मिनेटमा जेफरी स्क्लुपले गोल गर्दै प्यालेसलाई ३–१ ले अगाडि बढाए । ३५ औं मिनेटमा मिसेल एन्टोनीओले गोल गर्दै वेस्टहामलाई २–३ को स्थितीमा ल्याए ।

६६ औं मिनेटमा एव्रेची एजेले पेनाल्टीमा गोल गर्दा प्यालेस ४–२ को अवस्थामा आयो । ७२ औं मिनेटमा नायफ अग्वेर्डले गोल गरेपनि वेस्टहामको हार टार्न सकेनन् । वेस्टहाम ३–४ ले पराजित भयो ।

योसँगै प्यालेस ३४ खेलबाट ४० अंकका साथ ११ औं स्थानमा रहेको छ । वेस्टहाम ३३ खेलबाट ३४ अंकका साथ १५ औं स्थानमा छ ।