२२ असार २०८३, सोमबार
,
Latest
टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा ३० अर्बको बजेट सार्वजनिक



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सरकारमा ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आव २०७८/०७९ का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् ।

नयाँ बजेटमा चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छ ।

प्रदेश सरकारले खर्च स्रोतमा केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ७ अर्ब ४२ करोड, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रूपैयाँ प्राप्त गर्ने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेश सरकारलाई नपुग २ अर्ब रकममा आन्तरिक ऋण १ अर्ब र केन्द्र सरकारबाट १ अर्ब व्यवस्थापन गर्ने बताइएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गरेका हुन् । 

अघिल्लो वर्ष सार्वजनिक गरेको बजेटभन्दा यो बजेट ४ अर्ब कम बजेत गण्डकी सरकारले सार्वजनिक गरेको हो ।




भर्खरै