२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कपिल शर्मा शो’मा कमब्याक गर्दै कृष्णा अभिषेक



अ+ अ-

एजेन्सी । कमेडियन कृष्णा अभिषेक ‘द कपिल शर्मा शो’मा फर्किँदैछन् । हालै एक मिडिया अन्तर्वार्तामा उनले कपिल शर्मा शोमा कमब्याक गर्न लागेको कुरा पुष्टि गरेका थिए । शोमा फर्किएपछि कृष्णा अभिषेकले सोको भिडियो क्लिप सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

भिडियो सेयर गर्दै कृष्णले लेखेका छन्– शोमा फर्केर पाउँदा खुसी छु । यस सप्ताहन्तदेखि, सपनासँग हरेक हप्ता हास्यास्पद कमेडी हेर्न तयार हुनुहोस् । भिडियोमा सपना फिल्म ‘मैने प्यार किया’को गीत दिल दिवानामा भुइँमा कुखुरा लाएर नाच्दै छिन् ।

कृष्णा अभिषेकको यो भिडियोमा फ्यानहरुले लगातार कमेन्ट गरिरहेका छन् । भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्– लामो प्रतीक्षापछि तपाई फर्किनुभयो ! त्यही क्रममा एक प्रयोगकर्ताले लेखे- अब रमाइलो हुनेछ !

च्यानलसँगको सम्झौताको विवादका कारण उनले शो छोडेका थिए । अन्तर्वार्तामा कृष्णाले सम्झौतामा रहेको समस्या अहिले समाधान भएको बताए । उनले पैसाको विषयमा पनि विवाद समाधान भइसकेको र अब ठेक्कामा कुनै आपत्ति नरहेको बताए । कार्यक्रममा कृष्णा सपनाको भूमिका निभाएका थिए ।