काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबई ५७६ विमानको इञ्जिन फेल भएको छ ।
विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । काठमाडौँबाट दुबइका लागि ९ः१९ मा उडेको जहाजको इन्जिनमा आगो लाग्दा आकश्मिक अवतरणको प्रयास भइरहेको रहेछ ।