२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार



अ+ अ-

मुग्लिन । आइतबार बिहानदेखि मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पीडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुईसेल अश्रुग्याँस प्रहार गरेको थियो । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ भने एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

लघुवित्त पीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरुलाई सास्ती भएको थियो ।

विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।




भर्खरै