२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर मिस्त्रीको मृत्यु



अ+ अ-

सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल ९चापाकल० जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुहुन्छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिनुभयो । करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।

शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।




भर्खरै