२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले निर्माणाधीन पुलको बाँध भत्काउदा ८ घर डुबानमा



अ+ अ-

कञ्चनपुर। महाकाली नदीमा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । शनिबार राति आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको करीब ९० मिटर अस्थायी बाँध बगाएको प्रहरी जनाएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबारदेखि नै ड्याम काटिरहेको नदीले राति बहाव बढेपछि भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको ९० मिटर क्षेत्रको बाँध बगाएको जानकारी दिए ।

तटीय क्षेत्रन जिकै पर्ने दोधारा चाँदनी नगरपालिका-१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका ८ वटा घरमा नदीको पानी पसेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति भउको छैन । विस्थापित भएकाहरु आफन्त घरमा बसेका छन् ।

पहाडी जिल्लामा लगातार भइरहेको वर्षका कारण महाकाली नदीमा पानीको सहत बढ्ने, घट्ने क्रम जारी रहेको छ ।

शनिबार राति दुई बजेतिर दुई लाख ४७ हजार क्युसेक मापन गरिएको पानीको सतह बिहानैदेखि वर्ष रोकिएकाले घट्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।  




भर्खरै