२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा बेग्लै किसिमको क्षेप्यास्त्र प्रक्षेपण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएको भन्दा भिन्न प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने हतियार भएको अनुमान दक्षिण कोरियाली सुरक्षा अधिकारीले गरेका छन् । प्योङयाङले प्रतिबन्धित हतियार कार्यक्रमलाई निरन्तरता दिँदै त्यसलाई सफल तुल्याएको हुनसक्ने बताएको छ ।

विगतमा तरल इन्धनबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्र्दै आएको प्योङयाङले आज जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनबाट चल्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० प्रक्षेपण गरेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिनुभएको थियो । नेता किमको इच्छाअनुसार आजको नयाँ परीक्षण भएको ठानिएको छ ।

दक्षिण कोरियाका उच्च सैन्य अधिकारीले पनि ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र उत्तरले आज प्रक्षेपण भएको हुनसक्ने बताएका छन् । ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ ।

यसैबीच, प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । आज बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको केही बेरपछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो ।

अमेरिकाले उत्तरकोरियाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।