२८ भाद्र २०८३, आईतवार
,
Latest
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा बेग्लै किसिमको क्षेप्यास्त्र प्रक्षेपण



अ+ अ-

एजेन्सी । उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएको भन्दा भिन्न प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने हतियार भएको अनुमान दक्षिण कोरियाली सुरक्षा अधिकारीले गरेका छन् । प्योङयाङले प्रतिबन्धित हतियार कार्यक्रमलाई निरन्तरता दिँदै त्यसलाई सफल तुल्याएको हुनसक्ने बताएको छ ।

विगतमा तरल इन्धनबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्र्दै आएको प्योङयाङले आज जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनबाट चल्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० प्रक्षेपण गरेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिनुभएको थियो । नेता किमको इच्छाअनुसार आजको नयाँ परीक्षण भएको ठानिएको छ ।

दक्षिण कोरियाका उच्च सैन्य अधिकारीले पनि ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र उत्तरले आज प्रक्षेपण भएको हुनसक्ने बताएका छन् । ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ ।

यसैबीच, प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । आज बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको केही बेरपछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो ।

अमेरिकाले उत्तरकोरियाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।