२२ असार २०८३, सोमबार
,
Latest
प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः सभापतिमा देउवा, टिमलाई एकढिक्का बनाउन आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले १४ महाधिवेशनमा पुनः सभापतिमा देउवालाई नै अगाडी बढाउने तयारी गरेको छ । उनी पक्षीय नेताहरूको बैठकले देउवालाई सभापतिमा दोहोर्याउने तयारी गरेका हुन् । 

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरूसँग गरेको छलफलले टिमलाई एकढिक्का बनाई सभापतिमा देउवालाई नै अगाडी बढाउने तयारी गरेका हुन् । 
 
छलफलमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई एकमतले समर्थन गर्दै टिमलाई एक ढिक्का बनाएर अघि बढ्न सबैले सुझाव दिएको बताइन् । 

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित निर्धारण गरेपछि देउवाले आफूपक्षीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् । शनिबार प्रदेश-१ र प्रदेश-२ का आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । 

शनिबारको छलफलमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गर्दै सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । त्यही विषयमा आजको छलफलमा नेताहरूले कुरा उठाउँदै समूहलाई एकढिक्का बनाएर अघि बढ्न सुझाएका हुन् । 

देउवाले भने निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकारे । तर आफूले भने यो पटक मलाई सहयोग गर्नुस्, अर्को पटक तपाईंलाई गरौंला भनेको जानकारी गराए । 

राप्रपाबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय सदस्यहरूले पनि देउवाले टिमलाई मिलाएर अगाडि बढ्नु पर्ने र आफूहरू साथ दिन तयार रहेको बताएका थिए । 

छलफलमा बागमती र गण्डकीका गरी १४ नेताहरू सहभागी थिए । बैठकमा सहमहामन्त्री प्रकाशशरण महत, उपाध्याय, बस्नेत, अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईं, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, शंकर भण्डारी, विष्णुविक्रम थापा, किरण गिरीलगायतका नेता सहभागी थिए । 




भर्खरै