काठमाडौं । सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्रमा बाढी पहिरोले पुर्याएको ठुलो क्षतिका लागि सहयोगी हातहरु अगाडी बढीरहेका छन् ।
यसैबीच सहयोगको लागि कलाकारहरु पनि जुटेका छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि सिन्धुपाल्चोकका बाढी पीडितलाई आफुले सहयोग गर्ने घोषणा गरेकी छिन् ।
मेलम्चीको इन्द्रावती नदीले भत्काएको संरचना पुननिर्माणका लागि आर्थिक सहायता जुटाउन सरकारले अभिनेता कृष्ण मल्लको संयोजनमा समिति गठन भएको छ । बाढी पीडितको सहयोगको लागि समिति गठन भएपछि आइतबार सामाजिक सञ्जालमार्फत मानन्धरले आफुले एक लाख रुपैया सहयोग गर्ने घोषणा गरेकी हुन् ।
उनले सबै कलाकारहरुको तर्फबाट आआफुले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गर्न लागिएका बेला आफूले एक लाख सहयोग गर्ने बताएकी छन् ।