२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारको फोहोर नउठाउनु अराजकता हो– शेखर कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता हो भन्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले जिम्मेबार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताउनुभएको छ ।

नेता कोइरालाले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो भन्नुभएको छ । उहाँले दुबैले सच्चिनुपर्ने बताउनुभयो ।

यसअघि कामपाका प्रमुख बालेन साहले आजै फेसबुकमार्फत सरकारलाई काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिनुभएको थियो ।

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिहदरबार र राजधानी सार्न सुझाव दिनुभएको थियो ।




भर्खरै