२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन २ बजेबाट सुरु हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुन: निर्वाचन हुने भएको छ ।

बुधवार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेद्वारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुन: निर्वाचन हुन लागेको हो । मतदानको लागि २ बजेदेखि ५ बजे सम्मका लागि समय तोकिएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुन: प्रतिष्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनु भयो ।

उहाँले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएपनि चुनावी प्रतिष्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुन: दुई जना उम्मेद्वारीबीच निर्वाचन हुने बताउनु भयो । उहाँले महासंघको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुन: प्रतिष्पर्धा हुने बताउनु भयो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रिय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा संघाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।