काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन चलाउन अनुमति दिएको छ ।
आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।
निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइनेछ भने मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।
यसतै पसलहरुको हकमा आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।