२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरको नीति तथा कार्यक्रम पारित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।  

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार सभाको पहिलो बैठकमा सो  नीति–तथा कार्यक्रम पस्तुत गरेका थिए ।  नेपाली काँग्रेसनिकट जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे  अध्ययन गर्ने समय माग गरेपछि प्रमुख शाक्यले छलफल दुई दिनका लागि स्थगन गरेका थिए । 

उपमेयरसहितका काँग्रेसनिकट वडाध्यक्षले नीति–तथा कार्यक्रममा समावेश गर्नुपर्ने केही बुँदा प्रमुख शाक्यलाई बुझाएका थिए । प्रमुख शाक्यले उनीहरुबाट आएका सकारात्मक सुझावले कार्यक्रम गहकिलो बनाउने बताए ।