२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ्टीटेङ्कीमा खसेर संखुवासभामा २ जनाको मृत्यु



अ+ अ-

संखुवासभा । संखुवासभामा सेफ्टीटेङ्कीमा खसेर २ जनाले ज्यान गुमाएका छन् । 

खाँदबारी नगरपालिका– ४ सेखाका नरेश गुरुङको घरमा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा उक्त सेफ्टीटेङ्कीमा खसेर २ जना मजदुरको निधन भएको हो ।

ज्यान गुमाउनेमा खाँदबारी– ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार साढे ६ बजे सेफ्टीटङ्की खसेर बेहोस भएका उनिहरुलाई तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएको थियो । उनीहरुको उपचारकै क्रममा पौने ८ बजे मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।